जनप्रतिनिधिको सहयोगमा महिलालाई बाख्रा वितरण



२३ चैत्र, २०७५, पाल्पा

बगनासकाली गाउँपालिकाका, ६ का जनप्रतिनिधिले गुँगाका महिला कृषकलाई बाख्रा वितरण गरेका छन् । गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, गाउँपालिकाका प्रवक्ता तथा वडा नं ६ का अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी र वडाकाे सहयोगमा बाख्रा वितरण गरिएको हो ।

नागरिक सचेतना केन्द्रमा आबद्ध १३ महिला कृषकलाई बाख्रा वितरण गरिएको छ । दलित र विपन्न वर्गका महिलालाई आयआर्जन वृद्धि गराउन आफूले पाउने तलब कटाएर बाख्रा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष बस्यालले बताए ।

“कृषकले आयआर्जन वृद्धि गरेर आत्मनिर्भर बन्न सके मात्र गाउँपालिका समृद्धितर्फ उन्मुख हुन्छ, दलित तथा विपन्न परिवारमा आयआर्जन गर्न बाख्रा वितरण गरिएको हो”, बस्यालले भने । आर्थिक आयआर्जनमूलक व्यवसाय गर्ने खालका कार्यक्रममा जोड दिइएको गाँउपालिकाका प्रवक्ता तथा वडा नं ६ का अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी जानकारी दिए । अध्यक्ष बस्यालले ३० हजार, वडाध्यक्ष अधिकारीले १० हजार र वडा कार्यालयको २५ हजार आर्थिक सहयोगमा बाख्रा वितरण गरिएको हो । आयआर्जन बढाउनका लागि बाख्रा पाएपछि यहाँका महिला खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्