हाईलि क्रियटिभ स्कूलमा निःशुल्क स्वास्थ्य शिविर हुँदै



२० चैत २०७५, काठमाडौं

आउँदो चैत्र २३ गते हाईलि क्रियटिभ ईङ्गलिस सेकेन्डरी स्कूल, गोठाटारमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको सहयोग एवं नगरपालिका अन्तर्गत रहेका वडा नं ७, ८ र ९ को संयोजन तथा हाईलिक्रियटिभ स्कूलको प्राविधिक व्यवस्थापनमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको हो ।

शिविरमा मुटुको परीक्षण, ईसीजी, हाडजोर्नी, बालरोग विषेशज्ञ सेवा, पाठेघरको परीक्षण, स्त्रीरोग विषेशज्ञ लगायत जनरल फिजिसियन (विशेषज्ञ डाक्टरहरु) द्वारा परिक्षण हुने बताईएको छ ।

स्वास्थ्य शिविरमा सर्वसाधारणको लागि महङ्गो मानिने ईसीजी र ईको सेवा र औषधी समेत निःशुल्क वितरण गरिने स्कूलका सहायक प्रधानाध्यापक महेश्वर चापागाँईले परिवर्तन खबरलाई बताए ।

यस्ता स्वास्थ्य शिविरले आम जनमानसमा रोगबारे सतर्क रहन र स्वस्थय हुनका लागि जनचेतनाको अभिवृद्धि गर्ने र विरामीहरुलाई प्रत्यक्ष फाईदा पुग्ने हुनाले सवैलाई उक्त स्वास्थ्य शिविरमा उपस्थित भई स्वास्थलाभ लिन सहायक प्रधानाध्यापक चापागाईले अनुरोध गरे ।

स्वास्थ्य शिविरमा छुट्टाछुट्टै रोगसँग सम्बन्धित डाक्टरहरुको व्यवस्था समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्