हावाहुरीका पीडितलाई काङ्ग्रेस सांसदले दुई दिनको पारिश्रमिक दिने



१९ चैत २०७५, काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सङ्घीय सांसदहरुले हावाहुरीबाट प्रभावितका लागि राहतस्वरुप दुई दिनको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

आइतबार राति बारा, पर्सालगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहतस्वरुप उक्त सहयोग गर्ने निर्णय गरिएको काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो । सो विपद्मा २९ जनाभन्दा बढीको ज्यान गएको थियो भने सयौँ घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्