देशको नामकरण नभएकाप्रति : नेता निधि



१७ चैत २०७५, धनुषा

नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले हालसम्म प्रदेश २ को नामकरण हुन नसकेकाप्रति असन्तुष्टी जनाउनुभएको छ । निधिले प्रदेश सरकार कार्यान्वयनमा आएको एक वर्षभन्दा बढी भइसक्दा पनि नामकरण, भाषा र राजधानीसम्बन्धी प्रस्ताव नआउनु दुर्भाग्य भएको बताउनुभयो ।

हलुवाई समाजको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटनमा आज जनकपुरमा उपसभापति निधिले प्रदेश २ को नामकरण मिथिला–भोजपुरा हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । आठ जिल्लाले मिथिलालाई प्रतिनिधित्व गरेको र वीरगञ्ज भोजपुरी भाषाभाषीको बाहुल्य क्षेत्र रहेकाले नामकरणको सवालमा मिथिला–भोजपुरा उपयुक्त विकल्प रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्