
०८ चैत २०७५, काठमाडौँ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिरामणि पोखरेलको स्वास्थ्यमा सुधार आएको छ ।
ललितपुरस्थित पाटन विज्ञान स्वास्थ्य प्रतिष्ठानमा उपचाररत रहनुभएका उहाँको स्वास्थ्यमा सुधार भइरहेको उहाँका स्वकीय सचिव पुरन केसीले जानकारी दिनुभयो । पेट दुख्ने समस्या भएपछि मन्त्री पोखरेल बिहीबार अस्पताल भर्ना हुनुभएको थियो ।
उहाँको उपचारमा प्रतिष्ठानका रजिष्ट्रार डा पीताम्बर अधिकारीको समूह संलग्न रहेको छ । शुरुमा मध्यबानेश्वरस्थित भरोसा अस्पतालमा उपचार गराएपछि पुनः स्वास्थ्यमा समस्या अएपछि उहाँ पाटन अस्पताल भर्ना हुनुभएको थियो । अहिले उहाँको सामान्य श्ययामा राखी उपचार भइरहेको छ ।





