तारकेश्वर नगर प्याब्सनद्वारा प्याब्सन केन्द्रिय अध्यक्ष टिकाराम पुरी सम्मानित



०४ चैत २०७५, काठमाडौं

नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन केन्द्रिय अध्यक्ष टिकाराम पुरीलाई तारकेश्वर नगर प्याब्सनले पहिलो पटक सम्मान गरेको छ । सम्मान ग्रहण पछि कार्यक्रमलाई  सम्बोधन गर्दै अध्यक्ष पुरिले निजि विद्यालयका हरेक समस्या समाधान गरेर अगाडी बढने बताउनुभयो ।

कार्यक्रममा  प्याब्सन तारकेस्वर नगर अध्यक्ष धनबहादुर पुनले प्याब्सन केन्द्रिय अध्यक्ष टिकाराम पुरिलाइ बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भयो साथै प्याब्सन तारकेश्वर नगर कमिटीले निजि विद्यालयको सर्बाङ्गीण बिकासका लागि सधै लागि पर्ने बताउनु भयो ।

काठमाडौं जिल्ला सहसचिव लोकेन्द्रबहादुर खड्काले केन्द्रिय कार्यसमीतीले नीजि विद्यालयका समस्याहरुलाई समाधान गरी लगानी सुरक्षाको प्रत्याभुत गराउने बिश्वास ब्यक्त गर्नुभयो । उक्त कार्यक्रममा तारकेश्वर नगर कमिटीले एक दिने लिडरसिप तालिम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्