प्रधानसेनापतिद्वारा दीक्षान्त समारोहको समापन



०५ चैत २०७५, काठमाडौं

खरिपाटीस्थित श्री नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालन भईरहेको सि.सं.५७ अ.क्या. तालिममा तालिमरत अधिकृत क्याडेटहरुको स्नातक तहको दीक्षान्त समारोहको प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

सो समारोहमा प्रधानसेनापति थापाले एकेडेमीको विभिन्न विषयमा उत्कृष्ट अंक हासिल गरी एकेडेमी तर्फ प्रथम, द्धितिय र तृतिय हुने शिक्षार्थीहरु क्रमश सफलता श्रेष्ठ, सन्जोग कार्की र प्रज्वल खतिवडालाई पुरस्कृत गरेका थिए । उक्त दीक्षान्त समारोहमा पुरुष ५४, महिला ८ र विदेशी २ (केन्या र माल्दिभ्स) गरि जम्मा ६४ जना शिक्षार्थीहरु दीक्षित भएका थिए ।

दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तिर्थराज खनिया, अवकाश प्राप्त प्रधानसेनापतिहरु, प्राध्यापकहरु, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, अधिकृतलगायत अधिकृत क्याडेटका परिवारजनको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्