कहाँ सिरानी राखेर सुत्दा के हुन्छ ?



०५ चैत्र २०७५, काठमाडौँ

दक्षिण दिशामा किन सिरानी बनाउनुपर्छ ? यसको धार्मिक महत्व के छ ? वैज्ञानिक रहस्य के छ ? किन उत्तरतर्फ सिरानी बनाउनु हुँदैन ? उत्तर वा पश्चिमतर्फ सिरानी बनाए के हुन्छ ?

अहिले हामीलाई यस्ता कुरा बेकारको लाग्नसक्छ । अर्थात अर्थहिन लाग्नसक्छ । यद्यपी हाम्रा पिता (पूर्खाले भन्दै र गर्दै आए, ओछ्यान बनाउँदा दक्षिण दिशातर्फ सिरानी बनाउनुपर्छ ।

दक्षिण, उत्तर, पश्चिम, पूर्व जता बनाएपनि के हुन्छ ? हामीलाई मतलब भएन । यद्यपी अझैपनि बुढापाका भन्छन्, दक्षिणतर्फ सिरानी बनाउनुपर्छ ।

खासमा राम्रो स्वास्थ्यका लागि पौष्टिक आहार, योग ध्यानका साथसाथै नियमित दिनचर्या पनि जरुरी छ । दिनचर्यामा सही समयमा उठ्ने र सुत्ने तालिका पनि पर्छ ।  अतः हाम्रा शास्त्रमा लेखिएको छ, कसरी सुत्ने ? कुन दिशातर्फ सिरानी बनाउने ?

खासगरी पृथ्वीमा चुम्बकिय तत्व हुन्छ । यसमा दक्षिणबाट उत्तरतर्फ लगातार चुम्बकिय तरंग प्रवाहित भइरहेको हुन्छ । जब हामी दक्षिणतर्फ सिर अर्थात टाउको राखेर सुत्छौं, तब यी उर्जा हाम्रो शरीरमा प्रवेश गर्छ । र खुट्टाबाट निस्किएर बाहिर जान्छ ।

तर, यदि उत्तरतर्फ टाउको फर्काएर सुत्छौ, तब ठिक विपरित ढंगले हाम्रो शरीरमा चुम्बकिय तरंग प्रवाह हुन्छ । जस्तो कि खुट्टाबाट प्रवेश गरेर सिरबाट निस्कन्छ । यसको साइड इफेक्ट भनेको हामीलाई मानसिक समस्या हुन्छ ।

अल्जाइमर वा मस्तिष्कसम्बन्धी समस्या हुन्छ । उच्च रक्तचापमा पनि यसको कारण मानिएको छ । त्यसैले दक्षिणतर्फ टाउको फर्काएर वा सिरानी बनाएर सुत्नुपर्छ ।

सिरानी कता बनाउने भन्ने कुरा पृथ्वीको चुम्बकिय अवस्थितीलाई आधार मानेर तय गरिएको हो । कुन दिशातर्फ सिरानी बनाउँदा सही हुन्छ र कुन दिशा गलत हुन्छ भन्ने कुरा यसैले निर्धाण गर्छ ।

त्यसो त पूर्वी दिसामा पनि सिरानी बनाएर सुत्न सकिन्छ । यसले पनि स्वास्थ्य एवं मानसिकतामा राम्रो प्रभाव पार्छ । यद्यपी सूर्योदय हुने स्थानमा खुट्टा पारेर सुत्नु हुँदैन । अर्थात पश्चिमतर्फ सिरानी राख्नु राम्रो होइन ।

शरीर विज्ञानको कुरा

हाम्रो मुटु शरीरको तल्लो आधा भागमा छैन, त्यो तीन (चौथार्ए माथिल्लो भागमा छ । किनभने मुटुले रक्त प्रवाह गराउँदा शरीरको तल्लो भागभन्दा माथिल्लो भागमा बढी गाह्रो हुनेगर्छ, ।

त्यसैले मुटुभन्दा तलको भागमा रक्त प्रवाह हुने धमनीभन्दा मुटुबाट माथि रक्त प्रवाह गर्ने धमनी बढी परिष्कृत हुन्छ । माथिल्लो भागमा रगत प्रवाह गराउँदा त्यो अत्यान्तै सानो सिरामा हुन्छ । यदि त्यसमा अतिरिक्त रगतको बूँद थपियो भने, त्यो फुटेर रक्तश्राव हुनसक्छ ।

जब हाम्रो शरीरमा रगतसँग जोडिएको कुनै समस्या हुन्छ, जस्तो कि एनीमिया वा रक्तअल्पता, तब चिकित्सकले आयरन अर्थात फलाम सेवन गर्नुपर्ने सुझाव दिन्छन् ।

यदि हामी सुत्दा उत्तर दिशातर्फ टाउको बनाएर सुत्यौ भने वा लगातार यस्तै अवस्थामा ६।७ घण्टा बितायाँै भने, चुम्बकिय आकर्षणको दबाव हाम्रो दिमागमा पर्छ । यसले टाउकोको रक्तप्रवाहमा पनि पुरै असर पार्छ ।

चुम्बकिय आकर्षणको कारण टाउकोमा बढी रक्तश्राव हुन्छ, त्यही कारण तपाई उत्तेजित भएर उठ्नुहुनेछ । अर्थात तपाईंको निद्रा विचमै टुट्नेछ ।

यस किसिमको प्रभाव कति र कस्तो हुन्छ भन्ने कुरा चाहि तपाईंको स्वास्थ्यमा पनि निर्भर गर्छ । यदि रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने यसको असर तपाईले अरु बढी झेल्नुपर्छ ।

सुताई सम्बन्धी केही कुरा

अहिले धेरै अनिद्राको समस्या झेलिरहेका छन् । धेरैको निद्रा खल्बलिएको छ । यसो हुनुमा हाम्रो खराब जीवनशैली, दिनचर्या, खानपान, चिन्तन मूल कारण हो । यदि हामीले हाम्रा पिता पूर्खाले अभ्यास गर्दै आएका तौर तरिकालाई पालना गरेको भए यस्तो समस्या हुँदैनथ्यो ।

– जब तपाईं उठ्नुहुन्छ, दायाँतर्फ घुम्नुहोस् र विछ्यौनाबाट बाहिर आउनुहोस् । किनभने निद्राबाट उठ्नसाथ मेटाबोलिक प्रक्रिया एकदम धीमा हुन्छ । यस्तो अवस्थामा अचानक ओछ्यान छाड्दा मुटुमा दबाव पर्छ ।

– उठ्नसाथ दुबै हात रगड्नुहोस् । यसले गर्दा तपाईंको सबै नाडी सक्रिय हुन्छ ।

– उठ्नसाथ मन्द मुस्कुराउने अभ्यास गरौं । किनभने हरेक बिहान हाम्रो निम्ति नयाँ जीवन हो ।

जान्नपर्ने केही कुरा

– सुत्ने ओछ्यान सही दिशामा, सही ढंगले राखेको हुनुपर्छ ।

– सयन कक्षा शान्त, खुला हावा आउजाउ गर्ने हुनुपर्छ ।

– नियमित तालिका अनुसार सुत्नुपर्छ ।

– खाना खाए लगत्तै सुत्नु हुँदैन ।

– सुत्नुअघि मनलाई शान्त बनाउनुपर्छ । व्यवहारिक कुराहरु मनमा खेलाउनु हुँदैन ।

– राती चाडै सुत्ने र विहान चाडै उठ्ने बानी गर्नुपर्छ ।

– कम्तीमा सात वा आठ घण्टा मस्त निदाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्