
२८ फागुन २०७५, काठमाडौं
नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को केन्द्रिय महाधिवेशनमा प्रदेश ५ बाट उपाध्यक्ष पदका लागि सरिता देवकोटाले उम्मेदवारी दिएकी छिन । उनले आफ्नो उम्मेदवारीका सन्दर्भमा आफूले लामो समयदेखि मोफसलबाट प्याब्सनका निम्ति लडिरहेको बताइन् ।
एउटा महिला भएर समाजमा शिक्षाको ज्योति छर्ने क्रममा २०६० सालदेखि जिल्ला स्तरबाट केन्द्रसम्म अनवरत रुपमा लागेकी देवकोटाले प्याब्सनमा आफ्नो छुट्टै छवि बनाएकी छिन् ।
यस चुनाबमा एउटी महिला भएर प्रतिस्पर्धा गर्न पाउँदा आफूलाई गर्वको महशुस भएको बताइन् । परिवर्तन खबरसँग कुरा गर्दै उनले आफुलाई मतदान गरेर जिताउन सबै प्रतिनिधिलाई अनुरोध समेत गरिन ।
प्याब्सनमा आफुले धेरै राम्रा योजना ल्याउन चाहिरहेको र नेपालको शिक्षा क्षेत्रलाई अगाडि बढाउन प्याब्सन आन्दोलनलाई अझै गति दिन आफू प्रतिबद्ध रहेको उनले बताइन् ।
यो पनि पढ्नुहोस्





