
२६ फागुन २०७५, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका पशु सेवा शाखाद्वारा बूनपा नगर भित्रका १० वटा व्यवसायीक फर्महरुलाई काउम्याट हस्तान्तरण गरेको छ ।

बूनपा प्रमुख उद्धव खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथीहरु भेटेनरी अस्पत्ताल तथा पशुविज्ञ डा नारायण वहादुर श्रेष्ठ, पशु क्वारेन्टाईमका डा श्रीराम अधिकारी, बूनपा उप प्रमुख रमादेवी राई, बूनपाका वडाध्यक्षहरु तथा वडा सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुखले आगामी दिनमा बूनपा नगर दुग्धजन्य पदार्थमा आत्म निर्भर हुनुपर्नेमा जोड दिएका थिए । राम्रो सँग व्यवसाय संचालन गर्न अनुरोध गर्दै व्यवसाय गर्न उनीहरुलाई प्रोत्साहन दिएका थिए ।

नारायण बहादुर श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संयोजक दुर्गा थापा रहेकी थिईन् भने कार्यक्रम संचालन बूनपाका पशु चिकित्सक काजी बहादुर श्रेष्ठले गरेका थिए ।






