सिद्धेश्वर योग केन्द्रको रक्तदान कार्यक्रम सम्पन्न



२६ फागुन २०७५, काठमाडौं

सिद्धेश्वर साधना केन्द्रको चाहना, स्वस्थ्य जीवनको कामना भन्ने मूल नाराको साथ बूढानीलकण्ठ नगरपालिका वडा नं १० को फ्रेण्डसिप युवा क्लबको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सिद्धेश्वर योग साधना केन्द्रद्वारा आयोजित तथा १३ वटा संघसंस्थाको सहआयोजकमा सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा महिला, पुरुष र एक जना विदेशिक नागरी समेत ९० जनाले रक्तदान गरेको जानकारी योग केन्द्रकी अध्यक्ष कमलादेवी पाण्डे शिवाकोटीले जानकारी दिईन् ।

उक्त रक्तदान कार्यक्रम रगत अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यका साथ योग केन्द्रले आयोजना गरेको जानकारी गराईएको छ ।

सिद्धेश्वर योग केन्द्र रक्तदान कार्यक्रम गर्दै आएको र आउँदा दिनमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिने केन्द्रका उपाध्यक्ष कृष्ण कुमार पोखरेलले जानकारी दिएका छन् ।

बूनपा १० का वडाध्यक्ष नवराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथीहरुमा पर्शुराम दाहाल, प्रकृति चिकित्सक डा क्षितिज बराकोटीकी, डा मिना बराकोटी सिद्धेश्वर योग साधना केन्द्रका कार्यसमिती, सम्रक्षक, सल्लाकार, साधक-साधिका लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमको सभापति योग केन्दकी अध्यक्ष कमलादेवी पाण्डे शिवाकोटी तथा संचालन केन्द्रकै संरक्षक चन्द्र प्रसाद शिवाकोटीले गरेका थिए भने संयोजक योग केन्द्रकै कृष्ण कुमार पोखरेल रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्