
२५ फागुन २०७५, काठमाडौं
बूढानीलकण्ठ नगरपालीका-२, गणेश चोकमा अवस्थित गणेश बहुमुखी क्याम्पसको दशौं वार्षिकोत्सव सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमूख आतिथ्यता विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.डा. देवराज अधिकारीले गर्नुभएको थियो । कार्यक्रमा विभिन्न सांस्कृतिक प्रस्तुतीहरुका साथ स्थापनाकालदेखी हालसम्म क्याम्पसमा योगदान पुर्याउनु हुने संस्थापक संचालक समितिका पदाधिकारीहरु, शिक्षक, कर्मचारी,उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको कार्यक्रमको सभापतित्व क्याम्पस संचालक समितिका अध्यक्ष श्री दिपेन्द्र खड्काले गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश नं ३ का लेखा समिति सभापती सांसद न्हुच्छेनारायण श्रेष्ठ, प्रदेश नं ३ अन्तर्गत ने.क पा. का सचेतक सांसद दिपक निरौला, प्रदेश नं ३ सांसद भिमसेन खत्री, बूढानीकलकण्ठ नगरपालिकाका नगर प्रमूख उद्घवप्रसाद खरेल लगायतका महानुभावहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।





