चौथो फेका लोकनृत्यमा कोटदेबी पब्लिक स्कुल प्रथम



२२ फागुन २०७५, काठमाडौं

लोक संस्कृती जगेर्णा तथा बिद्यार्थीहरुको शाररीक तथा मानसिक बिकासका लागि गरिएको चौथो फेका बिद्यालयस्तरिय लोकतृत्य प्रतियोगितामा कोटदेबी पब्लिक स्कुल जडिबुटी प्रथम भएको छ ।

अक्षरा स्कुल काँडाघारीमा सम्पन्न भएको प्रतियोगितामा गोल्डेन बर्ड स्कुल द्वितीय बिद्या बिकास स्कुल तृतीय र सान्त्वना गेट वे स्कुल भएका छन् । १३ बिद्यालय सहभागी उक्त कार्यक्रमको प्रमुख अतिथी भुवन चन्द रहनु भएको काँडाघारी स्कुलका सहायक प्रधानाध्यापक बिष्णु पनेरुले जानकारी दिए ।

परिबर्तन खबरसँगको कुराकानीमा फेका अध्यक्ष नबराज भट्टले यश कार्यक्रमले नेपालको पहिचान लोक संस्कृतिको जगेर्णा तथा बिद्यार्थीको प्रतिभा तथा क्षमताको बिकास गर्नको योगदान पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्