दैनिक काचो दुधको प्रयोगले बनाउदछ अनुहारमा : चमकदार



२२ फागुन २०७५, काठमाडौं

दुध स्वास्थ्यको लागी मात्र नभएर सुन्दरताको लागी फाइदाजनक हो । हाम्रो जीवनमा दुधको अति नै लापदाइक चीज हो । यसले हाम्रो शरीरको सम्पूर्ण वृद्धि र विकासको लागी सघाएको हुन्छ । हामीले पिउने दुधमा कार्बोहाइट्रेड, बोसो, मिनरल्स, क्याल्सियम लगायतका अन्य तत्व पाइन्छ । जसले शक्ति दिने, शरीरको अंग तथा कोशहरुको बृद्धिविकास गर्ने, पानीको मात्रा सन्तुलित राख्ने, हड्डीको विकास गर्ने, आइरनको कमी हुन नदिने, प्रत्येक कोषको लागी चाहिने लवणहरु प्रदान गर्ने लगायतका महत्वपूर्ण काम गर्दछ ।Image result for काचो दुधको प्रयोग

तपाईको अनुहारमा चमकता छैन् भने काचो दुधलाई दैनिक लगाएमा चमकता आउनेछ । तर दुध अनुहारमा लगाउँदा जहिले पनि रातको समयमा मात्र लगाउनहुहोस् । राती सम्पूर्ण काम सकिएपछि सुत्ने बेलामा चिसो दुधलाई लिएर अनुहारमा लगाएर केहि समय बिस्तारै मजास गरेर केहि समय सुक्न दिएर चिसो पानीले अनुहार बिस्तारै सफा गर्नाले अनुहार मुलायम भई अनुहारमा एकदमै चमकता समेत आउनेछ । प्रदुषणमा काम गर्ने व्यक्तिले दैनिक रुपमा र अन्य व्यक्तिले हप्ताको ३ चोटो सम्म काचो दुधलाई प्रयोगमा ल्याउन सक्नेछन् ।

Image result for काचो दुधको प्रयोग

प्रतिक्रिया दिनुहोस्