नेपाल सेन्ट्रल हाइस्कुलको बिज्ञान प्रदर्शनी सम्पन्न



१७ फागुन २०७५, काठमाडौं

नेपाल सेन्ट्रल हाइस्कुलले बिज्ञान प्रदर्शनी सम्पन्न गरेको छ ।

जडिबुटिमा सम्पन्न उक्त प्रदर्शनीमा विद्यार्थीहरुले बिज्ञान सम्बन्धी विभिन्न प्रदर्शनी गरेका छन् ।

विद्यार्थीहरुले मानवीय जीवनमा महत्वपूर्ण मानिने कतिपय आबिस्कारका सामग्री प्रदर्शनी गरेका हुन् । प्रदर्शनीमा विभिन्न उपकरण टर्च लाइट स्मार्ट भिलेज केबलकार, सौर्य परिवार सम्बन्धी विभिन्न जानकारी, पानीजहाज, रोबर्ट, विद्युत उत्पादन गर्ने मेसिन, पानी तान्ने मोटर, पिरामिड, विभिन्न किसिमका आर्ट, मानिसको दैनिक जीवनसँग सम्बन्धित टोपी, मफ्लर लगायत थुप्रै सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।

प्रदर्शनीका क्रममा परिवर्तन खबरसँग कुरा गर्दै उक्त स्कुलका प्रधानाध्यापक सूर्य भणडारीले विद्यार्थी आफैंले यस्ता मोडल निर्माण गरि प्रदर्शनी गरेको उल्लेख गर्दै यस्ता प्रदर्शनीले बैज्ञानिक अनुसन्धानमा विद्यार्थीको  रुचि बढ्ने, क्षमाताको बिकास हुने, शिक्षण सिकाई क्रियाकलाप प्रभाबकारी हुने बताए ।

यस्तै उक्त प्रदर्शनीमा शिक्षक, विद्यार्थी, अभिभावक, विभिन्न क्षेत्रका बौद्धिक ब्यक्तित्वहरुबाट अवलोकन भएको बताइएको छ भने पचिस सय भन्दा बढीले उक्त प्रदर्शनी प्रत्यक्ष अवलोकन भएको जानकारी नेपाल सेन्ट्रल हाइस्कुलले जनाएको छ ।

  

प्रतिक्रिया दिनुहोस्