
१२ फागुन २०७५, काठमाडौँ
बूढानीलकण्ठ नगरपालिका वडा नं १० कपन स्थित रहेको नियोन हेल्थ क्लिनिक तथा प्रयोगशालाले स्वास्थ्य शिविर सम्पन्न गरको छ ।

शनिबार आयोजना गरेको स्वास्थ्य शिविरमा करीब २०० जनाले स्वास्थ्य परीक्षण गराएको जानकारी नियोन हेल्थ क्लिनिकले दिएको छ । स्थानीयवासीलाई लक्षित गरी आयोजना गरिएको शिविरमा चिकित्सकले डाक्टर परामर्श, सुगर तथा प्रेसर जाँच सामान्य परीक्षण गरी निःशुल्क सेवा उपलब्ध गराएका थिए । अन्य जाँच तथा होल बडि चेकअपमा ३०–५० प्रतिशत छुटको व्यवस्था समेत दिएको जानकारी हेल्थ क्लिनिकका डाईरेक्टर नारायण खड्काले दिएका छन् ।

उक्त हेल्थ क्लिनिकमा सामान्य चिकित्सक, महिला सम्बन्धी विशेषज्ञ, बालबालिका सम्बन्धी संपुर्ण सेवा, एक्सरे, भिडियो एक्सरे लगायतका सेवा दिन शुरु गरिएको बताईएको छ । संचालक समितिका सदस्य जनार्दन ढुङ्गानाले आउँदा दिनमा अन्य सेवा थप तथा फार्मेसि राख्ने लगायतका कामहरु गर्ने बताए ।





