गर्भनिरोधक महिनामा कति पटक प्रयोग गर्न सकिन्छ ?



११ फागुन २०७५, काठमाडौं

म २० वर्षीया अविवाहित महिला हुँ । मेरो केटासाथी छ र ऊसँग कहिलेकाहीँ यौनसम्पर्क हुने गरेको छ । मैले आकस्मिक गर्भनिरोधक साधन प्रयोग गर्दै आएकी छु । अहिलेसम्म मलाई कुनै समस्या आएको छैन, तर यसरी आकस्मिक गर्भनिरोधक साधन महिनामा कति पटकसम्म प्रयोग गर्न सकिन्छ ?

आकस्मिक गर्भनिरोधक चक्कीमा हार्मोनको मात्रा सामान्यभन्दा बढी हुन्छ । त्यसैले यो प्रभावकारी हुन्छ । यद्यपि यो आकस्मिक रुपमा, कहिलेकाही प्रयोग गर्नका लागि मात्र हो । यो महिनामा यति नै पटक प्रयोग गर्न सकिन्छ भन्ने छैन, तर बारम्बार वा यसको प्रयोग धेरै गर्न थाले आफ्नो शरीरमा हार्मोसम्बन्धी असन्तुल सिर्जना हुनसक्छ । यसले गर्दा महिनावारीमा गडवडी आउनुका साथै यसको प्रभावकारीतामा समेत कमी आउँछ । यसरी आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गर्नुको सट्टा कण्डम वा अन्य साधन (पिल्स, डिपो, कपर टी) प्रयोग गर्नु उपयुक्त हुन्छ ।

कपर टी लामो समयका लागि भए पनि आफूलाई गर्भ चाहिएको अवस्थामा झिक्न मिल्छ भने यसमा हार्मोन प्रयोग नहुने भएकाले उपयुक्त समेत मानिन्छ । यो समाचार कान्तिपुर साप्ताहिकबाट लिएका हौं । प्रश्नको जवाफ मोरङ सरकारी अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण शाहले दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्