द ब्रिटिस कलेजले आयोजना गरेको अन्तर कलेज फोटोग्राफी प्रतियोगिता सम्पन्न



०८ फागुन २०७५, काठमाडौं

द ब्रिटिस कलेजले आयोजना गरेको अन्तर कलेज फोटोग्राफी प्रतियोगितामा एभरेष्ट फिल्म एकेडमीका विजयवार प्रधान, आएसएमटीका राजु महर्नज र काठमाडौँ विश्वविद्यायल स्कुल अफ एजुकेशनका आयुष चित्रकार विजयी भएका छन् । तीन विधामा फोटोग्राफी प्रतियोगिता गराइएको थियो । उनीहरुले क्रमश स्पोर्टस, कलेज लाइफ र ट्राभल विधामा विजयी भएका हुन् ।  यस फोटोग्राफी प्रतियोगितामा सहभागी सयौँजना विद्यार्थीहरुलाई पछि पार्दै उनीहरु विजयी भएका हुन् ।

यस फोटोग्राफी प्रतियोगिताका जजहरु द ब्रिटिस कलेजका प्रिन्सिपल जोय फोस्टर एलिस, फोटोग्राफी एक्सपर्ट प्रसित स्थापित र पुकार तिमल्सेना रहेका थिए । पहिलो सर्ट लिस्टमा २० वटा फोटाहरु छानिएका थिए भने दोस्रो सर्ट लिस्टमा १५ वटा फोटाहरु छानिएका थिए ।

यस कार्यक्रममको मुख्य प्रायोजक टर्किस एयरलाइन्स, एनआइसी एसीया र अल्फाबिटा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्