युथ डेमोक्रेसी क्याम्प सम्पन्न



०७ फागुन २०७५, ललितपुर

युवाहरुको क्षमता विकास गर्ने उद्देश्यले युथ एड्भोकेसी नेपालले भिएसओ र साडेड नेपालसँगको सहकार्यमा फाल्गुन ५ देखी ७ सम्म लतितपुरको कोतडाँडामा ३ दिने युथ डेमोक्रेसी क्याम्प सम्पन्न गरेको छ ।

क्याम्पलाई सहजीकरण गर्दै लोकतन्त्रको विश्वव्यापी मान्यतालाई नेपालले व्यवाहारिकरुपमा कार्यन्वयन गर्नुपर्ने प्राध्यापक कृष्ण प्रसाद खनालले वताए । नेपाली लोकतन्त्रमा देखीएको चुनौतीहरुलाई सम्वोधन गर्नका लागि युवाहरुले आफ्नो सोचलाई फराकिलो वनाउदै  राजनीतिमा शसक्त हस्तक्षेप गर्नु पर्नेमा खनालको जोड थियो ।

लोकतन्त्रका विकासको लागि मानिसलाई प्रकृतीसँग जोड्नु पर्ने डाक्टर उद्व प्याकुरेलको भनाई थियो । विकासको नाममा डोजर संस्कृती मौलाएकोमा चिन्ता व्यक्त गर्दै पर्यावरणिय विकासमा जोड दिनु पर्ने प्याकुरेलको जिकिर थियो ।

प्रतिनिधिमुलक लोकतन्त्र र समाजवादी लोकतन्त्रले  नेपाली जनताका चाहानालाई सम्वोधन गर्न नसक्ने भएकाले नेपालले सहभागितामुलक लोकतन्त्रको अवलम्वन गर्नु पर्ने क्याम्पका अर्का प्रशिक्षक तथा राजनीतिक विश्लेषक केसव दाहालले वताए । असल कार्य गर्न नसक्ने जनप्रतिनिधिलाई फिर्ता वोलाउनु पर्नेमा दाहालको जोड थियो ।

क्याम्पमा टंक अर्याल, नरेन खतिवडा, सुरन महर्जन, सुधिर भट्टराई, वद्री सिवाकोटी लगायतले सहजकर्ताले मानवअधिकार, शुसासन, स्वयंसेवाको विषयमा सहजीकरण गरेका थिए ।

विभिन्न क्षेत्रका २५ जना युवाहरु सहभागी भएको क्याम्पले युवाहरुको लोकतन्त्र, मानवअधिकार, शुसासन, स्वयंसेवा लगायतका विषयमा ज्ञानका दायारा फराकिलो वनाएको वताए ।

युथ डेमोक्रेसी क्यापलाई देशै भरी संचालन गरी आलोचनात्मक चेत भएको युवाहरु तयार गर्ने सोच रहेको आयोजक संस्थाका अध्यक्ष नरेन खतिवडाले वताए ।

प्रतिक्रिया दिनुहोस्