कपन बहुमुखी क्याम्पसको निर्माणाधीन भवन मुख्यमन्त्री पौडेलद्वारा अवलोकन



०३ फागुन २०७५, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा निर्माणाधीन अवस्थामा रहेको कपन बहुमुखी क्याम्पस प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अवलोकन गरेका छन् ।

क्याम्पसको छैटौं वार्षिकोत्सव कार्यक्रममा सहभागी भएको अवसरमा मुख्यमन्त्रि पौडेलले निर्माणाधीन भवनको अवलोकन गरेका थिए ।

क्याम्पस व्यवस्थापन समितिले २३ करोडको लागतमा निर्माण गर्न लागेको उक्त भवन निर्माणको निम्ति प्रदेश नं ३ सरकारले यसै वर्ष ५ करोड उपलब्ध गराएको छ । अवलोकनको क्रममा मुख्यमन्त्री संगै प्रदेश सभा सदस्य दिपक निरौला बूनपा वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराई क्याम्पस व्यवस्थापन समितिका पदाधिकारी, समाजसेवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतले सो भवनको अवलोकन गरेका थिए ।

अवलोकनको कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेललाई क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष ठाकुर प्रसाद खकुरेल लगायतले निर्माणाधीन भवनको बारेमा जानकारी गराएका थिए ।

सो क्षेत्रमै गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको कपन बहुमुखी क्याम्पसको आफ्नै निजी भवन नहुँदा विद्याथीहरुलाई पढ्न, खेल्न समेत समस्या पर्दै आएको छ । पायल सिस्टमको नयाँ प्रविधि प्रयोग गरेर निर्माण गर्न लागिएको उक्त भवन निर्माणमा संघिय, प्रदेश र स्थानीय सरकारले समेत सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्