
२५ माघ २०७५काठमाडौँ
मृगौला रोगीका लागी आवश्यक हेमोडाईलसिस फ्यूल्ड औषधि अब नेपालमै उत्पादन गरिने भएको छ ।
उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृका प्रसाद यादवले नेपाल ओैषधि लिमिटेड का निम्त्ति महाप्रबन्धक विजयरत्त वज्राचार्यलाई सो औषधि उत्पादन को लागी २ करोड ४० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।
मन्त्रालयले हस्तान्तरण गरेको बजेट भवन निर्माण कच्चा पदार्थ र मेसिनरी सामागी्र ल्याउनमा खर्च गर्ने लिमिटेडका निम्त्ति महाप्रवन्धक बजा्रचार्यले बताए ।
उनका अनुसार उत्पादनका लागी सम्पुर्ण काम सकेर अबको १० महिनासम्ममा उत्पादन बजारमा आउने भन्ने धारणा राखेका छन् । लिमिटेडले यो आर्थिक वर्षमा १० प्रतिशत उत्पादन गर्ने र आगामी वर्ष ९० प्रतिशत उत्पादन गर्ने लक्ष्य लिएको छन् ।
लिमिटेडका अनुुुसार अहिले ल्याउने मेसिनको ९० प्रतिशत उत्पादन क्षमता छ र पहिलो चरणमा १९देखि १७ युनिटको ल्पयुल्ड उत्पादन हुनेछ भनि उनले बताए ।





