रक्तिम सांस्कृतिक अभियानको सम्मेलन फागुनमा



२४ माघ २०७५, पोखरा

रक्तिम सांस्कृतिक अभियानको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलन पोखरामा फागुन १, २ र ३ गते हुने भएको छ । यसको पूर्वतयारीको सिलसिलामा देशका विभिन्न जिल्लामा बैठक, भेला र सम्मेलन भइरहेको रक्तिम अभियानले जनाएको छ ।

सम्मेलन सम्पन्न गर्न राष्ट्रिय जनमोर्चा कास्कीसँग सम्बन्धित जनवर्गीय सङ्गठनको विशेष भेलाले उक्त दलका पूर्व जिल्लाअध्यक्ष गीरबहादुर कुँवरको संयोजकत्वमा ५१ सदस्यीय सहयोग समिति गठन गरिएको अध्यक्ष बिमल पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्