कञ्चनपुरमा अन्त्येष्टिका लागि घाट निर्माण



२४ माघ २०७५, कञ्चनपुर

 कञ्चनपुरको भीमदत्त नगरपालिका–११ महाकाली नदीको किनार भुजेलामा अन्त्येष्टिका लागि घाट निर्माण गर्न लागिएको छ । शहरी विकास मन्त्रालय सङ्घीय एकाइको रु तीन करोड २५ लाखको लागतमा सो घाट निर्माण गर्न लागिएको हो ।

निर्माणको जिम्मा पाएको सनीदेव निर्माण सेवा प्रालिका सञ्चालक देवीदत्त भट्टले डेढ वर्षभित्र शवदाहस्थलको पहिलो चरणको कार्यसम्पन्न गरिने र यस अन्तर्गत १०० मिटर लम्बाइको शवदाहस्थल निर्माण हुने बताउनुभयो ।

नगरप्रमुख सुरेन्द्र विष्टले घाट नहुँदा शव जलाउन ठूलो समस्या थियो भन्नुभयोे ।

विसं २०६६ मा गठित सङ्घर्ष समितिले पटक–पटक शवदाह स्थल निर्माणका लागि आन्दोलन गरे पनि कुनै पनि निकायले वास्ता गरेका थिएनन् । उक्त समितिका अध्यक्ष तारादत्त जोशीले एक दशकअघि थालिएको आभियानले सार्थकता पाएकामा खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्