राष्ट्रपति भण्डारीद्वारा स्वर्ण स्तम्भको अनावरण



डिलकुमारी नेपाल / २२ माघ २०७५, चितवन

राष्ट्रपति बिद्यादेवी भण्डारीले चितवनको नारायणगढस्थित आदीकवी भानुभक्त माध्यमिक विद्यालयमा आज स्वर्ण स्तम्भको अनावरण गरेकी छिन् ।
विद्यालय स्थापनाको स्वर्ण जयन्तीको अवसरलाई उहाले विद्यालय परिसरमा निर्माण गरिएको उक्त स्वर्ण स्तम्भलाई अनावरण गरेकी हुन्।

सो कार्यकरममा महिला वालवालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल, राष्टिय सभा सदस्य पार्वती रावल , भरतपुर महानगर प्रमुख रेनु दाहाल लगायतका अतिथीको रुपमा उपस्थित थिए ।

२०२५ सालमा बालकुमारी स्कुलको शाखाको रुपमा स्थापित भानुमाबि विद्यालयले नाममा रहेको छ। विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय बद्री अधिकारीले कार्यभार शुरु गरेपछि ०७३ साल यता विद्यालयले तीव्ररुपमारहेको छ ।

हाल विद्यार्थी संख्या १६ सय पुगेको छ । सरकारी दरवन्दीका २९ र स्थानीय स्रोतबाट ३५ गरी ६७ जना शिक्षक–कर्मचारी काम गरिरहेका छन् । २०७४ यता यो विद्यालय स्रोत केन्द्र पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्