सुत्केरी हुनेबित्तिकै होटेलमा पठाइन्छ, यस्तो छ कारण !



आमरुपमा जब महिला पहिलो चोटि आमा बन्छिन्, तब उनलाई राम्रो हेरचाहको आवश्यकता पर्दछ । यसका लागि उनलाई दुई तीनदिन त अस्पतालमै राखिन्छ पनि । तर दुनियामा एउटा यस्तो सहर पनि छ जहाँ पहिलो पटक आमा बन्दा महिलाहरुलाई होटलमा पठाइन्छ ।

डेनमार्कको राजधानी कोपनहेगनमा रहेको सो अनौठो होटेल बेबी होटेलको नामले चर्चित छ । दिन होस् वा रात त्यहाँ हरेक समयमा नवजात शिशु रोएको आवाज सुनिन्छ । त्यहाँ होटलका अन्य कर्मचारी मात्र होइन नर्स तथा डाक्टरहरु पनि यताउता गरिरहेका हुन्छन् । होटलको दृश्य देख्दा त्यो कुनै होटल नभै प्रसुति अस्पताल जस्तो लाग्दछ ।

बीबीसीको रिपोर्ट अनुार उक्त बेबी होटलमा सुत्केरी महिलालाई दुई दिनसम्म राखिन्छ । यदि आमा र बच्चाको स्वास्थ्यमा समस्या भएमा चाहीँ लामो समयसम्म अर्थात् सञ्चो नभएसम्म राख्न पाइन्छ । अझ मज्जाको कुरा त के भने यो होटलमा बस्दा सुत्केरी महिलाले कुनै शुल्क नै तिर्नु पर्दैन ।

त्यो सुत्केरी होटेल सरकारी कोषबाट चल्दछ । त्यहाँ सबै बच्चालाई उनीहरुको जिवनको पहिलो दिनमा बराबारीको अधिकार तथा समान हेरचाहको अवसर प्रदान गरिन्छ । बच्चाका आमाबुवा जुनसुकै सामाजिक वा आर्थिक अवस्थाका होउन्, गरीब वा धनी जे होउन् उनीहरुलाई बराबार अधिकार मिल्दछ । महिलाले पनि आफुले चाहेको कुरा मगाएर खान पाउँछन् । त्यहाँ पाइने कारणमध्ये ६० देखि ९० प्रतिशत खानेकुरा अर्गा्निक हुन्छन् ।

महिलाहरुलाई बच्चा जन्माउनका लागि प्रोत्साहित गर्न यस्तो सुत्केरी होटलको अवधारणा ल्याइएको हो । त्यो होटलमा आउने आमा बुवालाई संयुक्त रुपमा ५२ हप्ताको छुट्टि अफर गरिन्छ । आमाचाहीँ लाई १८ हप्ताको विदाको तलबको ग्यारेन्टी गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्