शरीर र दिमागबीच कसरी सन्तुलन ल्याउने ? जान्नुहोस् !



२२ माघ २०७५, काठमाडौं

मानव जीवन गतिशिल छ । यस जीवनलाई गतिशिल बनाउन स्वास्थ्यको महत्वपूर्ण भूमिका हुन्छ । तर्सथ हामो जीवन हाम्रै स्वास्थ्यमा निर्भर छ भन्दा दुई मत नहोला किनकी अस्वस्थ्य शरीर लिएर धेरै कार्यहरु गर्न सकिन्न ।

स्वास्थ्य भन्ने बित्तिकै हामीले शारीरिक स्वास्थ्यलाई महत्व दिन्छौ । हामी व्यायाम एवम् योग आसन आदि शारिरीक क्रियाकलापहरु गछौं तर, हामी यो भुल्दछौ की स्वास्थ्य रहन शरीरको मात्र भूमिका हुँदैन । रोगमुक्त शरीरलाई मात्र स्वास्थ्य मान्न सकिन्न । स्वास्य रहन शरीर एवम् दिमाग दुवैको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भन्नाले शारीरीक, मानसिक एवम् सामाजिक रुपमा मानिस सक्षम रहनु हो । यस परिभाषाबाट पनि स्पष्ट हुन्छ कि हाम्रो स्वास्थ्य शरीर र दीमाग दुवै बीचको सन्तुलनमा निर्भर छ ।

मानसिक अस्वास्थ्यताको कारण

नेपालका वर्षेनी धेरै मानिसहरु झुन्डिएर एवम् विष सेवन गरी आत्महत्या गर्दछन् । धेरैजसो यस्ता व्यतिmहरु मानसिक अस्वास्थ्यताको कारण जीवन गुमाउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा सबै उमेर समूहका करिब ३० करोड मानिसहरु डिप्रेसनबाट पीडित छन् ।

यसको संख्या विश्वमा वर्षेनी बढ्दो क्रममा रहेको छ । यसमा महिलाहरुको संख्या पुरुषहरुको तुलनामा धेरै रहेको तथ्याक विश्व स्वास्थ्य संगठनले जनाएको छ । कामको बोझ, बेरोजगारी, मनेवैज्ञानिक पीडा, चिन्ता, असफल सम्बन्ध, युद्ध, असफलता जस्ता विषयका कारण मानिसहरु डिप्रेसनको शिकार बन्छन् र जसको परिणाम स्वरुप केही दीर्घ मानसिक रोगीमा परीणत हुन्छन् भने केहीले आत्महत्याको बाटो रोज्दछन् ।

वर्तमानमा रहनुहोस्–

युवायुवतीहरुमा विशेष गरी विगतका घटनाहरुमा अल्झने बानी हुन्छ । उनीहरु विगतका घटनाहरु सम्झी चिन्ता लिने गर्दछन् । हामी सम्पूर्ण मानिसहरुले भुल्न हुँदैनकी हामी वर्तमानमा छौ । तसर्थ हामीले महत्व वर्तमानलाई दिने हो । मेरो विगत नरामो भयो भनेर चिन्ता गर्दा विगतलाई बदल्न सक्दैनौ । मानिसले जीवन सफल पार्न विगतलाई बिर्सेर वर्तमानलाई महत्व दिनुपर्दछ । हामो नियन्त्रणमा न त भूतकाल छ न त भविष्य नै छ । छ त केवल वर्तमान । त्यसैले वर्तमानमा केन्द्रीत बन्न सके जीवन सफल र सकारात्मक बाटोमा जान्छ । मानिस जति वर्तमानमा केन्द्रीत बन्दै जान्छ त्यति नै उसको मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन देखा पर्दछ किनकी उ भूत र भविष्यको चिन्ताबाट मुक्त बन्छ ।

दिमागलाई स्वास्थ्य राख्न के गर्ने ?

 

दिमागलाई स्वास्थ्य राख्न सन्तुलित भोजन, ध्यान, व्यायाम एवम् पर्याप्त निन्द्राको महत्वपूर्ण भूमिका रहन्छ । पर्याप्त निन्द्राका लागि रातमा ८/१० घण्टा सुत्नु आवश्यक छ । पर्याप्त निन्द्रा नहुँदा यसले शरीरको उर्जा निर्माण, स्मरण शक्ति, समस्या समाधानको क्षमता, उत्प्रेरणा, पाचन प्रणाली एवम् शारिरीक क्षमतामा नकारात्मक असर पर्दछ । विशेष गरी युवा पस्ताहरु राति अबेरसम्म बस्ने बानीले यसले शरीर एवम् दिमागमा नकारात्मक असर पर्दछ ।

तसर्थ जीवनलाई सफल पार्न मानसिक र शारिरीक स्वास्थ्य बीच सन्तुलन कायम गर्नुपर्छ । शारिरीक स्वास्थ्यमा तपाई जति ध्यान दिनहुन्छ त्यति नै मानिसक स्वास्थमा ध्यान दिन आवश्यक छ । मानसिक स्वास्थ्य रहन चिन्तारहित जीवन जीउन सक्नु पर्छ । तपाइको चिन्ताले तपाईमा नकारात्मक सोचको विकास गर्छ र फलस्वरुप जीवनमा असफलताले स्थान पाउछ । त्यसैले सकारात्मक सोचको विकास गर्न अति जरुरी छ ।

बालबालिकाहरुलाई सानैदेखि नकारात्मक कुराहरु सिकाउने अभ्यासलाई हटाउनु पर्छ । साथै हरेक मानिसले आफ्नो विचारहरु एवम् कार्यहरुलाई सकारात्मक बनाउन सके मानसिक स्वास्थ्य आफै राम्रो बन्नेछ । जसले विस्तारै तपाइको शारिरीक स्वास्थ्यमा पनि सुधार ल्याउनेछ । सधै प्रसन्न रहने एवम् ओठमा सधै मुस्कान रहने मानिस नै जीवनको प्रगति पथमा अब्बल दर्जामा उभिन सक्छ । जीवनमा जती नै समस्याहरु आए पनि चिन्ता लिनु हुँदैन किनकी चिन्ता समस्याको समाधान होइन । समाधानका विकल्पहरुलाई केलाएर, पालैपालो समस्याहरु समाधान गरी अगाडी बडन सक्न नै सर्वौतम विकल्प हो ।

प्रतिक्रिया दिनुहोस्