प्राक्सिस इन्टरनेसनल स्कुलको सप्ताहब्यापी खेलकुदको सातौ सस्करण सुरु



२२ माघ २०७५, काठमाडौं

काठमाडौं महानगरपालिका चुच्चेपाटी चाबहिलमा अवस्थित प्राक्सिस इन्टरनेसनल स्कुलको सप्ताहब्यापी खेलकुदको सातौं सस्करण सुरु भएको छ ।

माघ  २१ गते बाट सुरु भएको खेलकुद सप्ताह माघ २६ गते सम्म चल्ने छ । सप्ताहब्यापी खेलकुदमा क्रिकेट बास्केटबल ब्याडमिन्टन फुटबल लगायत आउटडोर, इन्डोर खेलहरु हुनेछन् ।

विद्यालयका प्रधानाध्यापक गेन्द्र लामाले बिद्यार्थीहरुको शारिरीक, मानसिक, सम्बेगात्मक बिकासका लागि खेलकुद आयोजना गरिएको बताउनुभयो । उहाँले मानसिक बिकासका लागि खेलकुद अपरिहार्य रहेको कुरामा जोड दिदै विद्यार्थीहरुमा खेलकुदको माध्यमबाट सकारात्मक चिजको सुरुवात हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथी काठमाडौं जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष धुर्वराज न्यौपानेको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रमको पुरस्कार बितरण २७ गते सरस्वती पुजाका दिन गरिने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्