डा. भट्टराईद्वारा आत्मरक्षात्मक प्रशिक्षणका प्रशिक्षार्थीलाई प्रमाण–पत्र वितरण (फोटो फिचर)



२१ माघ २०७५, काठमाडौं

महिला हिंसा विरुद्ध ५ दिने आत्मरक्षात्मक खेलकुद प्रशिक्षण कार्यक्रमका प्रशिक्षार्थी तथा प्रशिक्षकहरुलाई परराष्ट्रविद् डा. राजन भट्टराईले प्रमाण पत्र वितरण गरेका छन् ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनमा बालउद्धार माध्यमिक विद्यालयका कक्षा ९, ११ र १२ मा अध्ययनरत ७२ जना छात्राहरुले ५ दिने प्रशिक्षण लिएका छन् ।

माघ १६ गते देखि २० गते सम्म चलेको प्रशिक्षण कार्यक्रम समापन समारोहका प्रमुख अतिथि परराष्ट्रविद् डा. भट्टराईले यस किसिमका तालिमले महिला हिंसा न्यूनीकरणमा सहयोग पुर्याउने बताउँदै अन्य विद्यालयहरुमा पनि संचालन गर्न जिल्ला खेलकुद विकास समितिलाई निर्देशन दिए ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेल, उपप्रमुख रमादेवी राई, बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, ११ का वडाध्यक्ष राजु अधिकारी, १२ का शम्भु प्रसाद भट्टराई, कपन क्याम्पसका उपाध्यक्ष ठाकुर खकुरेल, बालउद्दार माविका प्रअ बिनोद पण्डित, लगायत विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

पछिल्लो समयमा बढ्दै गएको शारिरीक दुर्व्यवहार र हिंसा विरुद्ध छात्राहरुलाई मानसिक र शारीरिक रूपमा तयार गर्न आत्मरक्षा र आत्मसम्मान बृद्धि गरेर उनीहरुको क्षमता विकास गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको आयोजकले बताए ।

सानुाराजा केसीले संचालन गरेको कार्यक्रममा समितिका अध्यक्ष धुर्वराज न्यौपानले अध्यक्षता गरेका थिए भने स्वागत मन्तव्य बालउद्धार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद बजगाईले गरेका थिए ।

प्रशिक्षण कार्यक्रम प्रमुख प्रशिक्षक मोहन विश्वकर्मा, प्रशिक्षकहरु सबिना भट्टराई र सविना खड्काले रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्