‘कर अनिवार्य तिरो हो’ सवैले तिर्नुपर्छ (भिडियो सहित)



२० माघ २०७५, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाले कर अभियान संचालन गर्दैछ । गत हप्ता नगरपालिकाले अभियान सम्बन्धी जननिर्वाचित, विज्ञ र कर्मचारीहरुको सामुहिक भेला गराई छलफल सम्पन्न गरेको छ ।

छलफलमा नगरप्रमुख उद्धवप्रसाद खरेलले नगरपालिकाभित्र गरिने खर्चमा नेपाल सरकारले पठाएको अनुदान र हामी उठाउने करबाट नै विकास बजेट बन्ने भएकोले सवैलाई कर तिर्ने वातावरण सिर्जना गर्न आव्हान गरेका छन् ।

कर सम्बन्धी विज्ञ र जनप्रतिनिधिको धारणा सहितको भिडियो :

बूढानीलकण्ठ नगरपालिकाका सल्लाहकार राधाकृष्ण भण्डारीले कर सम्बन्धी अवधारणा राख्दै ‘कर अनिवार्य तिरो हो, कर तिर्नु नागरिकको अनिवार्य कर्तव्य हो र कर तिरेपछि करदाताले प्रतिफलको आशा गर्नुहुँदैन’ भने ।

बूढानीलकण्ठ नगरपालिकाका राजस्व शाखा प्रमुख अच्युत खड्काले हामीसँग भएर लुकेका झण्डै १५/२० करोड कर उठाउने बारे आफ्नो योजना सुनाए ।

बूनपा १० का वडाध्यक्ष नवराज भट्टराईले करदाताले तिरे नतिरेको हेर्न सकिने व्यवस्थित सफ्टवेयरको विकास गर्नुपर्नेमा जोड दिए ।

बूनपा १२ का वडाध्यक्ष शम्भु भट्टराईले कर सचेतनाको अभावमा नागरिकलाई कर तिर्नु नागरिकको दायित्व भन्ने धारणाको विकास गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्