
१९ माघ २०७५, काठमाडौं
प्राक्सिस इन्टरनेशनल स्कूल चुच्चेपाटिले अभिभावक अभिमुखिकरण तालिम सम्पन्न गरेको छ ।

उक्त अभिमुखिकरण तालिम चर्चित उत्तप्रेरक वक्ता बि.के. शर्माले दिएका थिए । यस्ता तालिमले अभिभावकले आफ्ना छोरा छोरीको शिक्षण सिकाइ प्रक्रियालाई सघाउ पुर्याउने प्राक्सिस इन्टरनेशनल स्कूलका प्रधानध्यापक गेन्द्र लामाले बताए ।

उनले भने हामीले अभिभावकहरुलाइ आफ्ना छोरा छोरीलाइ कसरी असल संस्कार र शिक्षा दिन सकिन्छ साथै यस प्रकारको तालिमले शिक्षक, बिद्यार्थी एवम् अभिभावकको त्रिकोणात्मक सम्बन्ध स्थापित गराइ एक अर्काको सहयोगले मात्र बिद्यार्थीको सर्वाङर्गीण विकास गर्न सकिन्छ ।

कार्यक्रममा करिव दुइ सय पचास भन्दा बढी अभिभावकहरुको उपस्थिती रहेको लामाले जानकारि दिए ।





