बिपन्नका नाममा आएको सेवा विपन्नलाई नै दिउ



विराटनगर १० पुष

राज्यले विपन्न बर्गका लागि  छुट्टायाएको स्वास्थ्य सेवा समेत सम्पन्नहरुले प्रयोग गर्दे आएको भन्दै यसका विषयमा कडाइ गर्न आबश्यक भएको सरोकारवालाहरुले बताएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालय र नर्सिङ तथा सामाजिक सुरक्ष महासाखाद्धारा विराटनगरमा मंगवार आयोजित विपन्न नागरिक औषधी उपचार विषयक कार्यक्रममा सहभागी बक्तहरुले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा बोल्दै प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले समयअनुरुप सेवा बिस्तार र रुपान्तरण आबश्यक भएको बताउनु भयो । सरकारी संयन्त्रका अस्पतालहरुले दिने सेवामा समेत शैली परिवर्तन नभएको भन्दै यसको गुणस्तर विकास आबश्यक भएको बताउनु भयो । नीजि अस्पतालले पनि विपन्न बर्गको उपचारमा कन्जुसाइ नगरोस मन्त्री घिमिरे भन्नु भयो ‘सरकारले दिनेगरेको स्वास्थ्य आरक्षण सेवा जनताले पाउनु पर्दछ’’।  विपन्नका नाममा आएको सेवा सम्पन्नले नपाउनेगरी इस्टिकर टास्न आबश्यक भएको मन्त्री घिमिरेको भनाइ थियो ।

यस्तै विराटनगर महानगरका मेयर भीम पराजुलीले विपन्नका लागि स्वास्थ्यमा सहज पहुच आबश्यक रहेको धारणा ब्यक्त गर्नु भयो । कतिपय नीजि अस्पतालहरुले पनि विपन्नका नाममा दिनुपर्ने सेवा समेत नदिने गरेको भन्दै यस्ता कुराहरु सच्याउन आबश्य रहेको बताउनु भयो । जसले पाउनु पर्ने हो उसैले पाउनुपर्दछ मेयर पराजुलीले भन्नुभयो स्वास्थ्य सेवा दिने हस्पिटलले समेत यस्ता कुरा विचार गर्न आबश्यक छ ।

कार्यक्रममा सरकारले तोकेका निशुल्क स्वास्थ्य सेवा दिदै आएका नोबेल मेडिकल कलेज ,न्युरो हस्पिटल ,गोल्डेन ,विपि.के.एच र वृतासिटी हस्पिटलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अल्जाइमर ,पार्किन्सन्स ,हेडइन्जुरी ,स्पाइनल इन्जुरी,क्यान्सर,मुटुरोग,मिर्गौला रोग र एनिमिया लगायतका रोगहरुको उपचार यी अस्पतालहरुले गर्दे आएका छन् । कार्यक्रममा नर्सिङ तथा सामाजिक सुरक्षा महासाखा निर्देशक रोशनी तुइतुइ,न्यूरो हस्पिटल बिराटनगरका डा.बिरेन्द्रकुमार बिष्ट ,कोशी अञ्चल अस्पतालका प्रमुख रोशन पोखरेल लगायतले आ–आफ्ना धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्