पहिलो महिला नेपाल आइडल बन्न नसकेकोमा भावुक भईन अस्मिता…



१० पुस २०७५, काठमाडौं

नेपाल आईडलकी थर्ड रनरअप ‘सवैकी प्यारी, अस्मिता अधिकारी’ले हालै एक अन्तरवार्तामा नेपालको पहिलो महिला नेपाल आइडल बन्न नसकेकोमा दुःख व्यक्त गरिन् ।

अन्तरवार्ताको क्रममा अस्मिताले पहिलो महिला नेपाल आईडल बन्ने सपना आफ्नो मात्र नभएर आमाको समेत रहेको बताईन् । पेसाले नर्स रहेकी अस्मिता बोल्दै गर्दा आफ्नो आमाको सपना पुरा नभएकोमा भावुक देखिन्थीन ।

निकट भविष्यमा आफ्नो पेसा र सपना दुबैलाई सँगसँगै लैजानेमा उनले दृढ अठोट व्यक्त गरिन् ।

गत शुक्रवार सम्पन्न नेपाल आईडल सिजन २ को फिनालेमा अस्मिता सहित अन्य दुई प्रतिस्पर्धी विक्रम वराल र सुमित पाठकलाई उछिन्दै रवि ओडले उपाधी चुमेका थिए ।

प्रतिक्रिया दिनुहोस्