‘कमेडी किङ्ग’ मनोज गजुरेल माघ १८ बाट ठुलो पर्दामा



१० पुस २०७५, इटहरी

स्टेजमा ब्यंग्य गरेर नाम कमाएका ‘कमेडी किगं’ मनोज गजुरेललाई नेपालि दर्शकले ठुलो पर्दामा देख्न पाउने भएका छन् । गजुरेलले पहिलो पटक अभिनेताका रूपमा अभिनय गरेको चलचित्र ‘सय कडा दस’ माघ १८ गते देशव्यापी रिलिज हुने भएसंगै उनि ठुलो पर्दामा पनि देखीने भएका हुन् । भष्टाचारका कारण प्रेम, समाज र परिवारमा पर्न गएको समस्यालाई चलचित्रले उठान गरेको निर्देशक रामशरण पाठकले इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

भ्रष्टाचार विरुद्ध सदाचार सन्देश बोकेको चलचित्र ‘सयकडा दश’ले युवाहरुलाई सकरात्मक रुपमा प्रस्तुत गरेको चलचित्रको निमार्ता रज्जु प्रधानले बताएकी छन । नेपालमा रिलीज हुनुभन्दा पहिला थाइल्यान्ड र म्यानमारदेखि प्रदर्शन थालनी गर्ने निर्माता मनोज निरौलाले बताए । चलचित्रको बटम लाइन ‘करप्सन भर्सेस लभ’ भएको निर्माता निरौलाले बताएका छन । निर्देशक रामशरण पाठकले चलचित्रले प्रेम र समाजमा आर्थिक भ्रष्टाचारले पर्ने असरको दृश्य चर्चा गर्ने बताए ।

हास्य अभिनेता मनोज गजुरेल सँगै राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपाने ले अभिनय गरेका छन । चलचित्र लाई रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा फिल्म निर्माण गरेका हुन् । निर्माणका लागि दर्शन नेपालले डीआर म्युजिक एन्ड ट्रेडिङसँग सहकार्य गरेको छ । नेपालमा प्रदर्शन गर्नुअघि यो चलचित्रलाई थाइल्यान्ड र म्यानमारमा प्रदर्शन गरिने पनि निर्देशक पाठकले बताए ।

बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, दीलिप ओखेडाको कोरियोग्राफी रहेको फिल्ममा रज्जु प्रधानको कथा छ । चलचित्रको रामेश्वर कार्की छायाँकार हुन् । हास्यकलाकार राजाराम पौडेल फिल्मको कार्यकारी निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस्