राष्ट्रिय परिचयपत्र वितरण प्रभावकारी बनाइने



१० पुस २०७५, इटहरी

प्रदेश १ को पाँचथरबाट पहिलो चरणको वितरण सुरु गरिएको राष्ट्रिय परिचय पत्र वितरणको काम प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र प्रदेश १ का २ सहीत १५ जिल्लामा यसै वर्ष वितरण गरिने कार्यतलिका रहेको छ । दोस्रो चरणको वितरणमा प्रदेश १ का सङ्खुवासभा र झापा जिल्ला परेको विराटनगरमा राष्ट्रियपरिचयपत्र तथा पञ्जीकरण विभागले आयोजना गरेको अन्तरक्रियामा जानकारी दिइएको थियो ।

यो चरणमा प्रदेश १ का झापा, सङ्खुवासभा सहित सप्ततरी, महोत्तरी, ललितपुर, रसुवा, चितवन, स्याङजा, तनहुँ, कपिलवस्तु, गुल्मी, सल्यान, जुम्ला, अछाम र कञ्चनपुरमा यस आर्थिक वर्षबाट वितरण हुने भएको छ । त्यसैगरि देशका अन्य जिल्लामा पनि अनलाइन मार्फत प्राथमिक चरणमा वितरण हुने अन्तरक्रियामा बताइयो ।

राष्ट्रिय परिचयपत्रमा जैविक तथा वयक्तिक विवरण र विद्युतीय चिप एवं सुरक्षा हुने छ । राष्ट्रिय परिचय पत्रबाट सबै प्रकारका बैङ्किङ तथा प्रशासनिक कामकालागी प्रयोग गर्न सकेन राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले बताए ।

आर्थिक वर्ष २०६७÷६८ को नीति तथा कार्यक्रमबाट प्रविधिमा आधारित परिचय पत्र वितरणको व्यवस्था गरेको निर्देशक काफ्लेले जानकारी दिए । गलत मनसाय राखेर विवरण सच्याए १० वर्ष सम्मको जेल सजायको व्यवस्था रहेका छ । उक्त कार्यमा संलग्न अधिकारी पनि कारवाहिको भागीदार हुने उनले जानकारी दिए ।

कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय परिचय पत्र कार्यान्वयमा आएपछि भ्रष्टाचार मुक्त,अपराध मुक्त देश निर्माणमा महत्त्व पूर्ण सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्