इलामको बिकासमा सहयोग गरेको भन्दै प्रधानमन्त्रीलाई अभिनन्नदन



०५ पुस २०७५, इटहरी

इलामको संगै समग्र देशको बिकासमा योगदान दिएको भन्दै प्रधानमन्त्री केपी सर्म ओलिलाई इलाममा अभिन्नदन गरीने भएको छ । इलाम नगरपालिकाले आगामी पौष २० गते गर्ने लगानि सम्मेलनमा प्रधानमन्त्रीलाई अभिनन्दन गर्न लागीएको हो ।

गएको कात्र्तीक २० गते गर्ने भनिएको सम्मेलन बिषेश कारण देखाउदै रोकीएको थियो । हालै नगरपालिककाले स्थगित गरेको सम्मेलन आगामी २० गते गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी सर्मा ओलिले उद्घाटन गर्ने सम्मेलनमा इलामबाट प्रतिनिधीत्व गरेका पुर्व प्रधानमन्त्री झलनाथ खनाल, पुर्वसभामुख सुवास नेम्वाङ लगायत जिल्लाका संसदको सहभागिता रहने इलाम नगरपालिकाले जनाएको छ ।

जिल्लामा लगानीका सम्भावना भए पनि परिचालन नहुँदा लगानीयोग्य क्षेत्र खेर गइरहेको भन्दै नगरले ५ वटा शीर्षकमा लगानी गर्न आह्वान गर्दै सम्मेलन गर्ने भएको हो । सम्मेलनमा कृषि, दूध, जडीबुटी, पर्यटन र चिया क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई आह्वान गरिने नगर प्रमुख महेश बस्नेतले बताए ।

सम्मेलनमा देशका १ सय भन्दा बढी लगानीकर्ता भित्र्याईने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्