पुस ८ गतेदेखि विराटनगरबाटै श्रम स्वीकृति



०५ पुस २०७५, विराटनगर

आगामी पौष ८ गतेबाट बैदेशीक रोजगारीमा जाने प्रदेश १ का युवाले श्रम स्वीकृती लिन काठमाण्डौ जानु नपर्ने भएको छ । बैदेशीक रोजगारीमा जाने प्रदेशका युवाका लागी श्रम स्वीकृती बिराटनगरबाटै हुने भएपछी यहाँका युवाको काठमण्डौ जानुपर्ने बाध्यता हट्ने भएको हो ।

काठमाडौं जानुपर्ने वाध्यता अन्त्य गर्न श्रम तथा रोजगार कार्यालय विराटनगरले श्रम स्वीकृती दिन आवस्यक सबै काम र पुर्वाधार निमार्णलाई अन्तीम चरणमा पु¥याएको छ । कार्यालय प्रमुख प्रेमप्रसाद संजेलका अनुसार प्रत्येक प्रदेशमा १–१ वटा कार्यालय स्थापना गर्ने योजना अनुसार विराटनगरमा पहिलो कार्यालय खुल्न लागेको हो । आँखा परीक्षणका लागि आइरिस मेशिन, पाँच थान कम्प्युटर र इन्टरनेट, स्टिकर प्रिन्टर, फिङ्गर प्रिन्ट मेशिनको व्यवस्था गरिनेछ ।

व्यक्तिगत पहल वा सम्पर्कमा विदेश जानेहरूका लागि प्रदान गरिने श्रम स्वीकृतिको स्टिकर हरियो, मेनपावर वा संस्थागत रुपमा रोजगारीमा जानेहरूका लागि रातो स्टिकर राहदानीमै टाँसिने छ ।

प्रतिक्रिया दिनुहोस्