काठमाडौं परिसरद्वारा सार्वजनिक सवारी साधनमा पाकेटमारी तथा चारी गर्ने व्यक्तिहरु पक्राउ



०५ पुस २०७५, काठमाडौं

यातायात व्यवसायीहरुसँगको सहकार्यमा काठमाडौं जिल्लामा संचालन भईरहेको विभिन्न सार्वजनिक सवारी साधनहरुमा हुने गरेको पाकेटमारी तथा चोरीमा संलग्न रहेका व्यक्तिहरुलाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ ।

सार्वजनिक बसहरुमा विभिन्न बस पकेटहरुवाट २र२ जनाको दरले ६ जना सम्मको ग्रुप वनाई वस भित्र छिर्ने र पैसा भएको यात्रु पत्ता लगाई अगाडी पछाडीवाट घेरावन्दीमा पारि ठेलमठेलको अवस्था वनाई मौका छोपि मोवाईल, नगद र सुनचाँदी पकेटमारी पालो पालो गरि ओर्लने भएकाले प्रहरी र यातायात व्यवसायीको सहकार्यमा ५० जना सादा पोसाकका प्रहरी खटिई खटाई सार्वजनिक यातायात बस तथा माईक्रोबसमा यात्रा गर्ने यात्रुहरुको झोलामा रहेको नगद, मोवाईल, गरगहना चोर्दै गर्दा ७७ जना पाकेटमार तथा चोरलाई पक्राउ गरिएको छ ।

प्रहरीले पाकेट मार्दै गरेको अवस्थामा विभिन्न व्यक्तिहरुका मोबाईल, आईप्याड, गरगहना, ल्यापटप तथा नगद पाँच लाख छयानब्बे हजार तत्काल सम्बन्धित व्यक्तिहरुलाई फिर्ता गराई चोर तथा पाकेटमारहरुलाई आवश्यक कानुनी कारवाही गरी थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर प्रहरी नायव निरीक्षक होविन्द्र वोगटीले परिवर्तन खबरलाई जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्