जहाँ ग्राहक देखि वेटर सम्म सबै हुन्छन नाङ्गै, लण्डनको एक रेष्टुरेन्टमा…



०४ पुष २०७५, लण्डन

व्यक्तिगत स्वतन्त्रताको चरमरुप भन्दा फरक नपर्ने एउटा उदाहरणको रुपमा लण्डनको बुनयादी रेष्टुरेन्टलाई लिन सकिन्छ । यो रेष्टुरेन्टमा ग्राहकले बाँसले बारिएको सानो कोठामा बाँसकै टेबुलमा नांगै साथीसँग बसेर अर्गा्निक खाना खान पाउँछन् ।
यो रेष्टुरेन्टमा ४२ मानिसहरुले एकसाथ सँगै खाना खाने क्षमता रहेको छ लण्डनको केन्द्रमा रहेको अग्लो टावरहरुमध्येको एक दि सेयर्डबाट केहि गल्ली पार गरेपछि पुगिने यो रेष्टुरेन्ट लण्डनको पहिलो नाङ्गो रेष्टुरेन्ट बन्न पुगेको छ ।

सो रेष्टुरेन्टमा खाना खानका लागि ४६ हजार मानिस प्रतिक्षाको सूचिमा छन् जुन तीन महिनासम्मको लागि हो । त्यहाँभित्र सेल फोनमा कुरा गर्न र कुनै तस्बीर लिन पाइँदैन । एक सेट डिनरको एक सय यूरो तिर्नु पर्दछ।

बाहिरबाट हेर्दा यो रेष्टुरेन्ट खासै भव्य देखिँदैन , झ्यालहरु बन्द गरेर भित्र अँध्यारो पारिएको छ । तर मैनवत्तीको मधुरो उज्यालोमा युवायुवती नांगै खाना खाइरहेका हुन्छन् । त्यतिमात्रै होइन रेष्टुरेन्टका कर्मचारीले पनि नांगै सेवा दिइरहेका हुन्छन् ।

रेष्टुरेन्टका मालिक सेब लियोलका अनुसार उनी ग्राहकलाई एउटा भिन्न र स्वतन्त्र महसुस गराउन चाहन्छन् । जसका कारण उनले यस्तो होटल खोलेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्