चाईनिज अकुपञ्चर तथा मोक्सिबसन कार्यक्रम सम्पन्न



२६ मङ्सिर २०७५, काठमाडौं

चाईना कल्चर सेन्टर नेपालले काठमाडौँको होटल याक एण्ड यतीमा चाईनिज अकुपञ्चर तथा मोक्सिबसन कार्यक्रम सम्पन्न गरेको छ ।

चाईना कल्चर सेन्टरका प्रमुख यीन कुनसोङले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि चीनियाँ दुतावास नेपाल साँस्कृतिक शाखाका प्रमुख जोङचेन, अकुपञ्चर–मोक्सिबसन चाईना एकेडेमीका कार्यकारी प्रमुख रोङ पैजिङ तथा अन्तर्राष्ट्रिय साँस्कृृतिक नेटवर्कका प्रमुख झाङजिनको उपस्थिति रहेको थियो ।

चाईना एकेडेमीका पैजिङले कार्यक्रममा चाईनिज अकुपञ्चर तथा मोक्सिबसनको बारेमा विस्तृत जानकारी गराउनुका साथै केही सहभागीहरुलाई निःशुल्क सेवा दिएकी थिईन् ।

सेवा लिए पश्चात सहभागीहरुले चाईनिज अकुपञ्चरले छिटो, छरितो तथा कम खर्चमा उत्कृष्ट सेवा दिने भएकाले नेपालमा पनि यसको शाखा स्थापना गराउन अनुरोध गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्