प्याब्सन नेपालको चन्द्रागिरी नगर अधिवेशन सम्पन्न



०८ मङ्सिर २०७५, काठमाडौं

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सन नेपालको चन्द्रागिरी नगर अधिवेशन सम्पन्न भएको छ ।

उक्त अधिवेशनले दिपक महर्जनको अध्यक्षतामा ९ सदस्यीय नगर कमिटीको गठन सर्वसम्मतीले चयन गरेको छ ।

शुक्रबार सतुङ्गल चन्द्रागिरीमा सम्पन्न अधिवेशनले सरोज मर्हजन उपाध्यक्ष, बालकृष्ण भेटवाल सचिव, प्रमोद जि.सि.कोषाध्यक्ष, कृष्णहरि बस्नेत सहसचिव, सदस्यहरु मिलन गुरुङ, रामजी प्रसाद पोखरेल, यसोदा श्रेष्ठ र पूर्ण महर्जन चयन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी प्याब्सन काठमाडौंका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले सबैको सहकार्यले संस्थागत हकहित तथा अधिकारको लागि प्याब्सनलाई एक ढिक्का बनाएर लैजानुको विकल्प नरहेको बताउनुभयो । कार्यक्रममा काठमाडौं प्याब्सनका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार थकिन गुरुङ लगायतका वक्ताहरुले आ–आफ्नो धारण राखेका थिए ।

नवनिर्वाचित अध्यक्ष दिपक महर्जनले परिवर्तन खबर डटकमसँग संक्षिप्त कुराकानिमा अध्यक्ष बन्नु मात्र मूख्य कुरा नभई काम गर्नु महत्वपुर्ण रहेकोले आफ्नो लागि अवसर र चुनौती भएको बताउनुभयो । ‘चन्द्रागिरी नगरपालिका भित्र अतिरिक्त क्रियाकलापको विकास, रुचीअनुसारको गुणस्तरीय शिक्षा एवं विद्यार्थीको मनोविज्ञानमा आधारीत शिक्षा आफ्नो पहिलो प्रथामिकता हुने बताउनुभयो ।

कार्यक्रममा काठमाडौं प्याब्सनका उपाध्यक्ष तथा संगठन बिभाग प्रमुख प्रेम राइले अहिले सम्म दुईवटा नगर कमिटीको अधिवेशन सम्पन्न भएको र सर्बसम्मतीले नेतृत्व चयन प्रकृया अगाडी बढ्नु सकारात्मक कार्यको शुरुवात भएको बताउनुभयो ।


दयाराम थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन बालकृष्ण भेटवालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्