नेता नेपाल स्वदेश फिर्ता



०५ मंसिर २०७५, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल बेलायतको भ्रमण पुरा गरी स्वदेश फर्कनुभएको छ ।

बेलायतमा भएको विभिन्न कार्यक्रममा सहभागी भई उहाँ आज फर्कनुभएको उहाँका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार बेलायतमा पूर्वप्रधानमन्त्री नेपालले पार्टीको कामसँगै गैरनेपाली आवासीय सङ्घ, ब्रिटिश गोरखा सैनिक र यति नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएको थियो । नेपाल कात्तिक २९ गते बेलायत जानुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्