रुओन नेपालद्वारा आयोजित संचारकर्मीसँग सुरक्षित गर्भपतन सम्वन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न



०२ मंसिर २०७५, काठमाडौँ

रुओन नेपालले विभिन्न संचारमाध्यममा कार्यरत संचारकर्मीसँग सुरक्षित गर्भपतन सम्वन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा असुरक्षित गर्भपतन कम गर्न संचारकर्मीहरुले खेल्ने भूमिका र महत्वका बारेमा छलफल गरिएको थियो । रोकेर नरोकिने यौन सम्पर्कलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षकले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षक सन्तोष भण्डारीले सुरक्षित गर्भपतन सम्वन्धी जानकारी गराउँदै कसैले पनि गर्भपतनलाई परिवार नियोजनको विकल्पको रुपमा लिन नहुने बताए । प्रशिक्षक भण्डारीले गर्भपतनलाई परिवार नियोजनको साधन नभएर अन्तिम विकल्प भएको बताएका थिए ।

कार्यक्रममा विभिन्न संचारमाध्यममा कार्यरत १६ जना संचारकर्मीहरु उपस्थित थिए भने कार्यक्रम सविता तमाङले संचालन गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्