नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा डा. उप्रेती र सदस्य सचिव प्रा. उपाध्याय नियुक्त



२२ असोज २०७५, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा डा.गंगा प्रसाद उप्रेती र सदस्य सचिवमा प्राध्यापक जगत प्रसाद उपाध्याय (प्रेक्षित) लाई चार वर्षको लागि नियुक्त गरेका छन् ।

नेपाली साहित्य तथा भाषामा विशिष्ट योगदान पुर्याएका वरिष्ठ नियात्राकार, समालोचक एवं भाषाविद तथा कुशल व्यवस्थापक गंगाप्रसाद उप्रेतीले पुन सोही पदमा नियुक्ती पाएका हुन भने समालोचक एवं कवि जगत प्रसाद उपाध्याय (प्रेक्षित) ले पनि पुनः नियुक्ती पाएका छन् ।

डा.उप्रेतीको सपथ समारोहमा प्रधानमन्त्री ओलीले नेपालका साँस्कृतिक पर्वहरुले सामाजिक सम्बन्धलाई मजवुद बनाउने काम गरेको बताए । सामाजिक, पारिवारिक रुपमा कहिल्यै कुनै प्रकारले द्वन्द, झगडा भइहाले पनि चाडपर्वले त्यसलाई पुन स्थापित गरिदिने प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्