स्वास्थ्य कमजोर भएमा के गर्ने? जानी राखौं



०८ असोज २०७५, काठमाडौं

स्वास्थ्य नै धन हो । यसमा दुई मत छैन । स्वास्थ्य कुशल भयो भने मात्र हामी आफुलाई एक निरोगी ब्यक्तिका रुपमा चिनाउन सक्छौं । हामीले दैनिक विभिन खालका कामहरु गर्नुपर्छ । यसका लागि हामी स्वास्थ्य हुनु जुरुरी हुन्छ । कहिले काँही हामी काम गर्ने क्रममा आफु कम्जोर बहेको महसुस गर्ने गर्छौं । कमजोरीले गर्दा हामीलाई खान पनि मन लाग्दैन । तर यस्तो अवस्थामा हामीले खाना खान छाड्नु हुन्न । शरीरले कमजोरी महसुस गर्नुको कारण खानामा पौष्टिक तत्वको कमी हुनु हो । हामीले खाने विभिन्न खानाहरुले हामीलाई फुर्ति प्रदान गर्ने गर्छ । हाम्रो शरीरलाई बलियो बनाउन मद्धत गर्ने खानाको कमीले गर्दा हामीलाई कमजोरीपनाले छुने गर्छ । हामीले सम्भव भएमा प्रत्येक दिन सन्तुलित भोजनहरु खाने गुर्नपर्दछ । कहिलेकाहीँ यस्ता सन्तुलित भोजनहरुको कमीले पनि स्वास्थ्यमा विभिन्न प्रकारका रोग तथा कमजोरी अनुभव हुने गर्छ । यसमा हामीले त्यस्तो खालका कमजोरीहरु अनुभव भएमा के गर्नेभन्ने बारेको जानकारी प्रस्तुत गरेका छौं ।

कमजोरी अनुभव भएमा यस खालको उपायहरु अपनाउनुहोस्:–

–दैनिक पालकको सागको एक गिलास जुस पिउँदा शरीरलाई ऊर्जा मिल्छ ।
–एक गिलास दूधमा एक चम्चा मह र थोरै बेसार मिलाएर नियमित खाँदा कमजोरी हट्छ ।
–बिहान र साँझ दैनिक दुई कोसा केरा दूधमा मिसाएर खाँदा कमजोरी हराउँछ ।
–अनारको गेडा सुकाएर पिसेको धुलो बिहान र बेलुका एक–एक चम्चा नियमित खाँदा शरीरले शक्ति प्राप्त गर्छ ।
–चार–पाँच वटा छोकडा, दुई–तीन वटा काजु, दुई वटा बदाम मिसाएर एक गिलास दूध उमाल्ने र त्यसमा एक चम्चा मिश्री मिसाएर नियमित पिउँदा कमजोरी हुँदैन ।
–अमलाको धुलोलाई मिश्रीको धुलोसँग मिसाएर दैनिक सुत्नुभन्दाअघि एक चम्चा पाउडर खाने ।
–एक गिलास दूधमा एक चिया चम्चाको चार भागको एक भाग दालचिनीको धुलो र एक चम्चा मह मिसाएर खाँदा शरीरमा स्फुर्ती आउँछ ।
–साँझ पाँच चम्चा चनाको दाल एक गिलास काँचो दूधमा भिजाउने र बिहान मिश्री र किसमिस मिसाएर दैनिक पिउँदा शरीरको कमजोरी हराउँछ ।
–दुई चम्चा मेथी पाँच घण्टासम्म पानीमा भिजाउने । भिजेको पानीलाई उमालेर दुई चम्चा मह मिसाएर नियमित खाँदा फाइदा पुग्छ ।
–खाना खाएपछि दैनिक एक कप अंगुरको ताजा जुस खानाले शरीर फुर्तिलो बन्छ ।

प्रतिक्रिया दिनुहोस्