गोबिन्दा भन्छन् : मलाई विश्वमा सबैभन्दा सुन्दर देश नेपाल लाग्छ



१ असोज २०७५, काठमाडौँ

बलिउडका सुपरहिट अभिनेता गोबिन्दा गत शुक्रबार मात्र नेपालमा भएको एल.जी अवार्डका लागि आफ्नी छोरीसँग नेपाल आएका थिए । उनको निकै सभ्य र भव्य तरिकाले स्वागत गरिएको थियो । गोबिन्दा उक्त अवार्ड समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए ।

गोबिन्दाको नेपालसँग निकै घनिष्ठ सम्बन्ध रहेको छ । उनकी श्रीमती नेपालकी छोरी हुन् । उनले नेपाल आफ्नो ससुराली घर रहेको पनि बताए । गोबिन्दाले आफूलाई नेपाल र नेपाली असाध्यै मन पर्ने बताए । त्यतिमात्र नभएर गोबिन्दाले नेपालको दिल खोलेर प्रशंशा गरेका थिए । उनले आफूलाई नेपाल विश्वमा सबैभन्दा सुन्दर राष्ट्र लाग्ने बताए ।

उनले नेपाल प्राकृतिक स्रोत र सुन्दरता भरिपूर्ण देश भएको बताए । उनी नेपाल आईरहने भारतीय सेलिब्रेटी हुन् । उनले आफूलाई नेपाली बोल्न रमाईलो लाग्ने बताउँदै कार्यक्रमा नेपाली भाषा पनि बोलेका थिए । गोबिन्दाले आफूलाई नेपाली चलचित्रमा काम गर्ने निकै ठूलो इच्छा भएकाले राम्रो चलचित्रबाट अफर आए नेपाली चलचित्रमा पनि काम गर्ने बताए । उनले नेपाल आएको बेला पशुपतिनाथको दर्शन गर्न पनि छुटाएनन् ।

 

प्रतिक्रिया दिनुहोस्