एकअर्कासँग बोल्दैनन् पूजा र आँचल



नायिका पूजा शर्मा र आँचल शर्मा दुवै नेपाली चलचित्र जगत्का स्थापित र चर्चित नायिकाहरु हुन् । दुवै नायिकाले छाटो समयममा नै निकै चर्चा र सफलता कमाएका छन् । यी दुई एकअर्काका मिल्ने साथी पनि थिए तर अहिले यी दुईबीच बोलचाल बन्द भएको छ ।

केहिसमय अघि रोज र रामकहानी सँगै रिलिज हुने भएपछि नायिका पूजा शर्माले फेसबुकमा स्टासस लेखेकी थिइन् त्यहि स्टासस पढेर फेरि आँचलले पनि आफ्नो फेसबुकमा स्टासस अपलोड गरिन् । त्यहि स्टाससबाट सम्बन्ध चिसिएका आँचल र पूजाबीच बोलचाल नै बन्द चाँहि भएको थिएन । तर जापानमा हुन गईरहेको एक अवार्ड कार्यक्रमका लागि नेपालका ५० जना कलाकारहरु हिजो जापान उडेका थिए ।

उक्त कार्यक्रमका लागि आँचल र पूजा पनि गएका छन् । उनीहरु एयरपोर्टमा निकै बेर एकअर्काको आमने सामने थिए तर पनि एकपटक पनि एकअर्कासँग बोलेनन् । एकअर्कासँग निकै मिल्ने पूजा र आँचलले एकअर्कालाई हेर्दा पनि हेरेनन् । उनीहरुले एकअर्कालाई बेवास्ता गरेको देखेर सबै छक्क परे । सबैसँग बोले तर पूजा र आँचल एकअर्कासँग नबोलीकन जापान उडे ।

 

प्रतिक्रिया दिनुहोस्