टंक बिना सिन्धुली साँझमा प्रस्तुती दिदैँ अशोक र ए.आर



२५ भदौ २०७५, काठमाडौँ

‘मन बिनाको धन ठूलो की धन बिनाको मन’ गीतबाट एकाएक भाईरल भएका बाल गायक अशोक दर्जी सबैका लोकप्रिय बालक हुन् । निकै चर्चित बाल गायक अशोक दर्जी आजभोली देशविदेशको कार्यक्रममा निकै व्यस्त छन् ।  केहिदिन अघिमात्र दुबईको सांस्कृतिक कार्यक्रम सकेर नेपाल फर्केका अशोक हाल सिन्धुलीमा छन् । उनी सिन्धुलीमा भएको सिन्धुली आाईडल सिजन २ मा अतिथिको रुपमा गीत गाउनको लागि गएका थिए ।

अशोकलाई आज सुपरस्टारबनाउन गायक तथा संगीतकार टंक बुढाथोकीको सबैभन्दा ठूलो हात छ । उनले नै अशोकलाई सडकबाट आज स्टार बनाइएदिएका हुन् । त्यसैले पनि उनले अशोकलाई आफ्ना छोरालाई जत्तिकै माया गर्छन् । हरेक कार्यक्रममा टंकले अशोकको हात थामेका हुन्छन्  । जहाँ जादाँ पनि अशोकसँगै हुने टंक यसपटक चाँहि अशोकसँग सिन्धुलीको कार्यक्रममा उपस्थित हुन सकेनन् । एउटा विशेष कार्यक्रममा लागि केहिदिन अगाडि मात्र यू.के पुगेकाले टंक यसपटक अशोकसँग हुन पाएनन् । तर टंक नभएपनि अशोक एक्लै चाँहि भएनन्  । अशोकसँग टंकका छोरा ए.आर बुढाथोकी पनि गएका थिए । ए.आर पनि निकै चर्चित बाल गायक हुन् । उनले पनि छोटो समयमै निकै फ्यान बनाउका छन् ।

सिन्धुलीमा अशोक र ए.आर को प्रस्तुतीले सिन्धुलीको माहोल नै बेग्लै बनाईदिएको थिए । अशोक र ए.आर को प्रस्तुती हेर्नको लागि सिन्धरलीमा हजारौँ दर्शकको भीड लागेको थियो । अशोक र ए.आर ले आफ्नो दम्दार प्रस्तुती देखाएर सिन्धुलीमा भएको कार्यक्रमलाई निकै भव्य बनाईदिए ।

 

प्रतिक्रिया दिनुहोस्