‘नाई नभन्नु ल ६’ भन्दा अगाडि ‘हजार जुनीसम्म’ बनाउँदै विकास आचार्य



२० भदौ २०७५, काठमाडौँ

विकास आचार्य नेपालका निकै सफल र राम्रा चलचित्र निर्माण गर्ने निर्देशकका रुपमा परिचित छन् । उनले आजभन्दा ८ बर्ष अगाडि नाई नभन्नु ल नामक चलचित्र निर्माण गरेका थिए । जुन बक्सअफिसमा निकै सफल भएको थियो । त्यसपछि उनले क्रमश : नाई नभन्नु ल का सिरिजलाई अगाडि बढाउँदै लगे  । हाल नाई नभन्नु ल ५ औँ सिरिजसम्म आईपुगेको छ ।

सबै सिरिजहरुलाई दर्शकले निकै रुचाएपछि अब विकासले नाई नभन्नु ल ६ बनाउने चर्चा थियो । उनले केहि समयअघि नाई नभन्नु ल ६ २०७६ सालमा ल्याउने घोषणा पनि गरेका थिए । तर उनले नाई नभन्नु ल ६ भन्दा पहिले अर्को एउटा चलचित्र निर्माण गर्ने भएका छन् । उनले प्रेमकथामा आधारित ‘हजार जुनीसम्म’ नामक चलिचत्र निर्माण गर्ने भएका हुन् । उनले ‘हजार जुनीसम्म’ पछि मात्र नाई नभन्नु ल ६ निर्माण गर्ने जानकारी गराएका छन् । हाल विकास आचार्य उक्त चलचित्रका लागि नयाँ नायकको खोजीमा छन् । यस चलचित्रका कलाकारहरु कोहि पनि फाइनल भएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्