नराम्रा चलचित्रमा जति नै पारिश्रमिक दिएपनि काम नगर्ने प्रदिपको धारणा



१९ भदौ २०७५, काठमाडौँ

नायक प्रदिप खड्का अहिलेका अत्यन्तै सफल र चर्चित नायक हुन् । प्रेम गीतबाट चुलिएको उनको चर्चा प्रेम गीत २, लिलीबिली र अहिले रोज सम्म आउँदा यति बढिसकेको छ कि उनलाई मन नपराउने सायदै कोहि छैनन् होला । उनी अहिलेका सर्वाधिक व्यस्त र डिमाण्डेड नायक पनि हुन् । उनलाई चलचित्रमा काम गर्न भ्याईनभ्याई छ । उनलाई लिएर चलचित्र बनाउन चाहने निर्माता निर्देशकको पनि लामै लिस्ट छ ।

प्रदिपलाई चलचित्रमा काम गर्ने मामिलामा चुजी नायक पनि भनिन्छ । उनी चलचित्र काम गर्नु अघि धेरै सोचेर अनि चुज गरेर राम्रा चलचित्रमा मात्र काम गर्छन् । थोरै तर दर्शकलाइ राम्रो चलचित्र दिन चाहने प्रदिप बर्षमा १ देखि २ चलचित्रमा मात्र देखिने गर्छन् ।

आफूलाई थोरै तर राम्रा चलचित्रमा काम गर्न मन पर्ने नायक प्रदिप खड्काले बताए । हालै पनि उनलाई ३ चलचित्रबाट ५० लाख पारिश्रमिक दिने अफर आएको छ । तर प्रदिपले यो कुराबारे केहिपनि बोलेका छैनन् । उनलाई आजकल धेरै पैसा लिएर चलचित्र गर्न थाल्यो भन्ने आरोप पनि आउँछन् । तर प्रदिप राम्रो चलचित्रबाट अफर आए बिना पारिश्रमि पनि काम गर्ने र नराम्रो चलचित्र वा आफूलाई चित्त नबुझेका चलचित्रबाट अफर आए जत्ति नै पारिश्रमिक दिएपनि काम नगर्ने बताउँछन् । उनी भन्छन् म चलचित्रको सङ्ख्या बढाउन चाहन्न थोरै चलचित्र भएपनि राम्रा चलचित्रमा काम गरेर दर्शकलाई खुसी बनाउन चाहन्छु । प्रदिप हाल आफ्नो नयाँ चलचित्र रोज को प्रमोशनमा व्यस्त छन्  । रोज यहि भदौ २२ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

 

 

प्रतिक्रिया दिनुहोस्