अनुभवसँग आखाँ र मनको कुरा खोल्दै सेड्रिना



१९ भदौ २०७५, काठमाडौँ

यतिबेला देशभर भव्यताका साथ प्रदर्शन भईरहेको चलचित्र नाई नभन्नु ल ५ को नयाँ गीत सार्वजनिक भएको छ । मेलना राईको आवाज रहेको यी आखाँमा तिमी छौँ बोलको गीत भर्खरै सार्वजनिक भएको छ । वसन्त सापकोटाको संगीत र डा. कृष्णहरि बरालको शब्द रहेको गीत २०७२ सालमा चलचित्र नाई नभन्नु ल २ मा नै समावेश गरिएको थियो । उक्त गीतमा प्रेम परियारको आवाज रहेको थियो भने अहिले मेलिना राईले पुन : त्यो गीत रेकर्ड गराएकी छिन् ।

नाई नभन्नु ल २ मा उक्त गीतमा अनुभव र सुज्ञानीलाई फिचर्ड गराईएके थियो भने नाई नभन्नु ल ५ चैँ यस गीतमा अनुभव र सेड्रिनाको मायालाई देख्न सकिन्छ । चलचित्र नाई नभन्नु ल ५ लाई दर्शकले निकै रुचाइरहेका छन् विशेषगरी चलचित्रमा अनुभव र सेड्रिनाको कामको दर्शकले खुब तारिफ गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्